Gold Price to Hit NPR 300,000? Here’s What Every Nepali Should Know ?

🌟 परिचय: सुन (Au) सुन (Au), रासायनिक तत्व, तत्वहरूको आवधिक तालिकाको समूह ११ (Ib), अवधि ६ को बाक्लो चम्किलो पहेंलो बहुमूल्य धातु हो। सुन पूर्वजकालदेखि पैसासँग जोडिएको छ। 



 🏦 इतिहास र द्वितीय विश्वयुद्धपछि चर्चा विश्वयुद्ध दुईबाट अझै बढ्न गएको थियो। पहिला के भएको थियो भन्दाखेरि अमेरिकाले आफ्नो नोटको पछि भने सुन राखेको थियो। तर १९७१ मा उसले यस नियमलाई ब्रेक गर्दियो र युएस डलरलाई छुट्टै एउटा करेन्सीको रुपमा केहीबाट पनि ब्याक गरेन। पहिलैबाट सुनको भ्यालु निकै धेरै रहेको थियो। सबै देशहरूले आफ्नो देशको करेन्सीलाई सुनबाट ब्याक गरेका थिए। 



 📈 अहिले सुनको मूल्य किन बढ्दैछ? आखिर सुनको भ्यालु किन यति धेरै बढीरहेको छ त? हामीले डेली सर्च गर्छौं — “Gold price news”, “Gold price news today”। केहीले भन्छन् सुनको भ्यालु यति धेरै पढ्नु पछाडि रसिया–युक्रेन वार र अन्य विभिन्न देशहरूको वार पढ्नुको कारण हो। 


🌍 अर्को धारणा – BRICS को प्रभाव भने केहीले भन्छन् सुनको भ्यालु बढ्नुको पछाडि रसिया, इन्डिया, चाइना, ब्राजिल मिलेर बनाएको ब्रिक्स (BRICS) हो। 


🪙 BRICS के हो? आखिर यो ब्रिक्स चाहिँ के हो त? ब्रिक्स भनेको एउटा यस्तो संस्था हो जसले चाहिँ आफ्नै एउटा करेन्सी बनाइरहेको छ। यो संस्थामा विश्वकै ठूलाठूला धनी धनी देशहरू मिलेर आफ्नो एउटा करेन्सी बनाउन लागेका छन्। 

 💰 नयाँ करेन्सी र सुनको भूमिका त्यस करेन्सीले आखिर के गर्छ त? त्यस करेन्सीले युएस डलरलाई टक्कर दिने कुरा बताइएको छ। आखिर यिनीहरूले करेन्सी बनाउँदैछन् भने सुनको यहाँ कहाँ जरुरत पर्यो त? यिनीहरूले आफ्नो करेन्सीलाई ब्याक गर्नको लागि भने सुन प्रयोग गर्न थालेका छन्।

नेपालमा सुन (Au) त इतिहास पुरानो छ। प्राचीन कालदेखि नै सुनलाई धन, शक्ति, र प्रतिष्ठाको प्रतीक मानिएको छ। पहिले सुन केवल राजा, महाराजा, र धनी व्यापारीहरूले मात्र प्रयोग गर्थे।



प्राचीन नेपाल (लिच्छवी र मल्लकाल)
लिच्छवी र मल्लकालमा सुनको प्रयोग धार्मिक र राजनीतिक दुवै क्षेत्रमा भएको पाइन्छ।
त्यो समयमा सुनबाट बनेका गहना, मूर्तिहरू, र सिक्काहरू प्रयोग गरिन्थे।
काठमाडौं उपत्यका भित्रका पुराना मन्दिरहरू जस्तै - पशुपतिनाथ, चाँगुनारायण, स्वयम्भू आदि मन्दिरमा सुनले मण्डित मूर्तिहरू भेटिन्छन्।



नेपालमा सुन प्रायः भारत र तिब्बतसँगको व्यापारमार्फत आउने गर्थ्यो।
व्यापारीहरूले नुन, ऊन, जडीबुटी आदि वस्तु साटेर सुन ल्याउने चलन थियो।



राणा शासनकाल (सन् १८४६–१९५१)
राणा शासनकालमा सुनलाई शक्ति र विलासताको प्रतीक मानिन्थ्यो।
परिवारका महिलाहरूले ठूला–ठूला सुनका गहना लगाउने गर्थे — हार, तिलहरी, चुरा, र कानका ठूला बाला।
त्यो समयमा सुन ल्याउने अनुमति केवल केही व्यापारीहरूलाई मात्र दिइन्थ्यो, र राज्यले त्यसको कडा निगरानी गर्थ्यो।

सुनलाई नेपालमा सरकारी तिजोरीमा राखिने माध्यम पनि मानिन्थ्यो।

Post a Comment

Previous Post Next Post