महेश भन्छन्: ओली दक्षिण एसियाकै सर्वश्रेष्ठ नेता!” – Mahesh Says Oli is the Best Leader in South Asia

महेश भन्छन् दक्षिण एसियाकै सबैभन्दा राम्रो नेता हुन् केपी शर्मा ओली। केपी ओलीजी यदि उहाँ भारतमा जन्मिनुभएको भए उहाँ मोदी भन्दा पनि बढी शक्तिशाली भएर उहाँले चुनाव नै जित्न सक्नेसम्मको कुरा उनले बताएका छन्। उनी भन्छन् केपी शर्मा ओली नेपालमा जन्मिनु भनेकै नेपालीको लागि एउटा निकै ठूलो गर्वको विषय हो। तर जनताहरू भने उनको यो कुराबाट निकै रिसाउन पनि पुगेका छन्। केपी शर्मा ओलीकै कारण जिन्जी आन्दोलन भएको र केपी शर्मा ओलीलाई फाल्नको लागि नै जिएनजी आन्दोलनले भने आफ्नो निष्ठा जनाएको कुरा उनीहरुले बताइरहेका छन्। जनताहरूको मनमा एउटा निकै ठूलो प्रश्न पनि उत्पन्न पनि हुन पुगेको छ। आखिर महेश बस्नेतले केपी ओलीलाई यति धेरै समर्थन आखिर किन गरिरहेका छन् ?



केपी शर्मा ओली को हुन्?

केपी शर्मा ओली नेपालको प्रमुख राजनीतिक व्यक्तित्व हुन्। उनी नेपालको कम्युनिस्ट पार्टी (नेकपा–एमाले) का वरिष्ठ नेता तथा देशका दुई पटकका प्रधानमन्त्री भइसकेका छन्। उहाँको जन्म झापा जिल्लामा भएको हो। राजनीतिमा उनी विद्यार्थी आन्दोलनकालदेखि नै सक्रिय रहँदै आएका हुन्। ओली आफ्ना दृढ विचार, राष्ट्रवादी दृष्टिकोण, र ‘स्वाभिमानी नेपाल’को नारा बोकेर चिनिन्छन्। उनको नेतृत्वकालमा नेपालले नयाँ संविधान प्राप्त गर्‍यो, ठूला विकास परियोजनाहरू अघि बढे, र देशको स्वाभिमान तथा स्वतन्त्रतामा जोड दिइयो।



महेश बस्नेत को हुन्?

महेश बस्नेत नेपालका चर्चित युवा नेता तथा एमालेका प्रभावशाली व्यक्तित्व हुन्। उनी भक्तपुर जिल्लाबाट राजनीतिमा सक्रिय छन् र पूर्व–उद्योग मन्त्रीका रूपमा समेत काम गरिसकेका छन्। बस्नेत केपी शर्मा ओलीका निकट सहयोगी हुन्। उनी ओलीको विचार, नीतिहरू र राष्ट्रवादी दृष्टिकोणका दृढ समर्थक मानिन्छन्। महेश बस्नेतका भाषणहरूमा प्रायः ओलीप्रतिको सम्मान र समर्थन प्रष्ट देखिन्छ, जसले कहिलेकाहीँ जनमतमा बहस पनि जन्माएको हुन्छ।



Post a Comment

Previous Post Next Post