लोकसेवा कसरी निकाल्ने
लोकसेवा भनेको नेपाली सरकारी जागिर खानको लागि लड्ने एउटा लडाइँ हो। जस्तै तपाईँले सानो उमेरमा रेस खेल्नुभएको होला। रेसमा धेरै जनाले मेहनत गर्थे तर पुरस्कार पाउँथे पहिलो, दोस्रो र तेस्रोले। यस्तै हो लोकसेवा पनि — यहाँ पनि थुप्रै जना व्यक्तिहरूले सालभरको मेहनत देखाउँछन् तर पुरस्कार (सरकारी जागिर) केही व्यक्तिले मात्र पाउँछन्।
लोकसेवामा आवेदन दिन योग्यता
लोकसेवामा अफिसर लेभलको जागिर खानको लागि १२ पास हुनुपर्छ। र सहायक लेभलको जागिर खान १८ वर्ष पुगेको हुनुपर्छ। साथै, प्लस टु सम्मको शिक्षा पनि प्राप्त गरेको हुनुपर्छ। कतिपय संस्थाहरूमा भने ब्याचलर पनि पास गर्नुपर्ने हुन्छ।
लोकसेवा आयोगको फारम भर्नका लागि चाहिने कागजात
लोकसेवा आयोगको फारम भर्नका लागि तपाईँलाई नागरिकता चाहिन्छ। यदि तपाईं जनजाति वा मधेसी समुदायका हुनुहुन्छ भने परिचय खुल्ने अन्य सामग्री पनि आवश्यक पर्न सक्छ।
उमेर सीमा र परीक्षा दिने समय
अखिर लोकसेवा कहिलेसम्म दिन मिल्छ भन्ने प्रश्न धेरैको मनमा आउँछ। महिला र अपाङ्गताको हकमा भने ४० वर्षसम्म लोकसेवा दिन पाइन्छ। केही संस्थानमा फरक हुन सक्छ, त्यसैले विज्ञापन हेर्नुहोस्। लोकसेवा आयोगले आफ्नो टाइम टेबल पनि पब्लिश गर्छ। जस्तै हाम्रो पढाइमा जस्तै, पहिला सानो परीक्षा अनि ठूलो मुख्य परीक्षा हुन्छ। लोकसेवाले पनि परीक्षा सम्बन्धी जानकारी साउन महिनामा प्रकाशित गर्ने गर्छ। त्यो क्यालेन्डरमा तपाईंको परीक्षा कहिले हुन्छ र फारम कहिले खुल्छ भन्ने कुरा लेखिएको हुन्छ।
पहिलो चरण र पाठ्यक्रमबारे जानकारी
अब तपाईँले थाहा पाउनुभयो कि लोकसेवा आयोगमा सुरुमा पहिलो चरण के हुन्छ। अब दोस्रो चरणमा के पर्छ भन्ने कुरा बुझौँ — तपाईँले कुन पदको लागि दिँदै हुनुहुन्छ र त्यसको पाठ्यक्रम कहाँबाट ल्याउने भन्ने कुरा जान्न जरुरी हुन्छ। लोकसेवा आयोगको वेबसाइटमा गएर तपाईंले नायब सुब्बा वा अरू कुनै पदको पाठ्यक्रम डाउनलोड गर्न सक्नुहुन्छ। त्यो डाउनलोड गरेर तपाईंले सजिलै अध्ययन गर्न सक्नुहुन्छ। पाठ्यक्रममा कुन विषयबाट कति प्रश्न आउँछ र परीक्षा कति अंकको हुन्छ भन्ने विवरण दिइएको हुन्छ। सबैभन्दा पहिले, तपाईं कुन पदमा आवेदन दिन लाग्नुभएको हो, त्यसअनुसारको पाठ्यक्रम हेर्नुहोस्।
अध्ययन सामग्री जुटाउने तरिका
अध्ययन सामग्री जुटाउन तपाईंले किताब किन्न सक्नुहुन्छ, युट्युबमा भिडियो हेर्न सक्नुहुन्छ वा अन्य अध्ययन सामग्री पढ्न सक्नुहुन्छ। एकैदिनमा सबै कुरा नपाएको भनेर निराश नहुनुहोस्। सामाजिक सञ्जालमा पाएका सामग्री र पाठ्यक्रममा लेखिएका बुँदाहरू तुलना गरेर पढ्नुहोस्। यसरी नियमित पढाइ गर्दा तपाईं तयारीमा बलियो बन्नुहुन्छ।
परीक्षा चरण र अन्तर्वार्ता
अब तपाईंले तयारी गर्नुभयो, र यदि पास हुनुभयो भने के हुन्छ? पहिलो चरणको परीक्षा पास गर्नुभयो भने तपाईं दोस्रो चरणमा पुग्नुहुन्छ। यदि लिखित परीक्षामा पास हुनुभयो भने अन्तर्वार्तामा जानुहुन्छ। अन्तर्वार्तामा पनि पास हुनुभयो भने तपाईं नियुक्ति पाउनुहुन्छ।
परीक्षा कति पटक दिन मिल्छ?
अब एउटा प्रश्न आउँछ — लोकसेवा परीक्षा कति पटक दिन मिल्छ? यसबारे आयोगले कुनै सीमा तोकेको छैन। तपाईं इच्छाअनुसार तयारी गरेर पुनः परीक्षा दिन सक्नुहुन्छ।
यस सामग्रीमा
loksewa ayog
loksewa
loksewa Aayog nepal
loksewa Aayog online form
loksewa Aayog login
loksewa ayog online form
Lok Sewa Aayog
Lok Sewa ayog nepal




Post a Comment